धरान: प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले संविधान दिवसको शुभकामना व्यक्त गरेका छन् ।

संविधान दिवसको पुर्वसन्ध्यामा बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै सभामुख भण्डारीले सम्बृद्ध राष्ट्र निर्माणको अभिभारालाई साकार पार्न आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउन सबै प्रदेशवासीहरुमा आग्रहसमेत गरेका छन् । साथै, उनले राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवंम् आपसी सद्भाव कायम हुन सकोस् भनि शुभकामना व्यक्त गरेका छन् । सभामुख भण्डारीले आफ्नो संविधान आफुद्धारा निर्वाचित जनप्रतिनिधिबाट निर्माण गर्ने करिव सात दशक लामो जनआकांक्षा २०७२ साल आश्विन ३ गते पुरा भएको उल्लेख गरेका छन् ।

'संविधान दिवसको अवसरमा संघिय लोकतन्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गने आम नेपाली जनचाहनालाई मूर्तरुप दिन राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका निमित्त विभिन्न कालखण्डमा हुँदै आएका आन्दोलन, संघर्षहरुमा त्याग र वलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरूलाई स्मरण गर्दै सम्मान प्रकट गर्दछु,'भण्डारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

सभामुख भण्डारीले नेपाली जनताको कठोर संघर्ष, बलिदान र दृढ संकल्पबाट प्राप्त ऐतिहासिक उपलब्धिका रुपमा जनप्रतिनिधि मार्फत जनसहभागितामुलक प्रक्रियाद्धारा संविधानसभाबाट जारी संविधानको पूर्ण कार्यान्वयन आजको महत्वपूर्ण आवश्यकता रहेको पनि बताएका छन् । 'सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना साकार पार्न समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्दै देशको स्थायित्व र समृद्धिको लागि समृद्ध नेपाल सुखि नेपाली लक्ष्य प्राप्तीका लागि संविधान दिवसले हामी सबैलाई जनता र राष्ट्रिय हितका पक्षमा एकताबद्ध भई लाग्न प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु,'विज्ञप्तीमा उल्लेख छ ।

suvakamana