भोजपुर: भोजपुरका जिल्लाको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा गए राती प्रेसर कुकुर बम विष्फोट भएको छ ।

उक्त बम उपपमेयर मेरिका राईले चढ्ने गाडीको नजिकै विष्फोट भएको छ । बम पुर्णरुपमा विष्फोट हुन नसक्दा ठुलो क्षति नभएको प्रहरीले जनाएको छ । बा १ झ ५८१३ नम्बरको गाडीको पछाडिको चक्का नजिकै विष्फोट गराइएको थियो । घटनास्थल नजिकै नेकपा विप्लव समुहको पर्चा भेटिएको प्रहरीको भनाई छ ।

बिष्फोटको घटना बिहान करिब ३ बजे तिर भएको हो । घटनास्थलमा कुकरका टुक्राहरु भेटिएको प्रहरीको भनाई छ । यसैगरी, प्रहरीले अर्को शंकास्पद वस्तु पनि फेला पारेको बताइएको छ ।तस्बिर स्रोतः इकान्तिपुर

bisfod 1