धरान: संविधान दिवसको अवसरमा शुक्रबार साँझ धरानमा दिपावली गरिएको छ ।

धरान उपमहानगरपालिका परिसर र भानुचोकमा दिपावली गरिएको हो । उपमहानगरपालिकामा कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीसहित जनप्रतिनिधि र कर्मचारीहरुले दिपावली गरेका हुन् । संघीय संरचनाअनुसारको ७ वटा प्रदेशसहितको नेपालको नक्सा बनाएर दिपावली गरिएको हो । उपमहानगरको आयोजनामा संविधान दिवसकै अवसरमा शुक्रबार बिहान प्रभातफेरी तथा भानुचोकमा राष्ट्रिय झण्डोत्तलन कार्यक्रम गरिएको थियो । यस्तै, दिउँसो स्थानीय तह र संविधान बिषयक वतृत्वकला पनि आयोजना गरिएको थियो ।

dipawali2

यस्तै, शुक्रबार साँझ संविधान दिवसकै अवसरमा भानुचोकमा विभिन्न विद्यार्थी संगठनहरु मिलेर दिपावली गरेका छन् । साविक अनेरास्ववियु र साविक अनेरास्ववियु क्रान्तिकारीले मिलेर भानुचोकमा दिपावली गरेका हुन् । क्रान्तिकारीका जिल्ला अध्यक्ष बुद्रोस लिम्बू र अनेरास्ववियुका जिल्ला सहसचिव मोनालिसा श्रेष्ठको उपस्थितिमा दिपावली गरिएको हो ।

dipawali5