काठमाडौं : सत्तारुढ नेकपाका सांसदबीच मत बाझिँदा नेपाल र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सम्झौता संसदको वर्षे अधिवेशनबाट पारित हुन रोकिएको छ ।

एमसिसीका बारेमा सत्तारुढ दलकै सांसदमा मत विभाजन देखिएपछि तत्कालका लागि यो कार्यक्रम रोकिएको छ । जलविद्युत निर्यात गर्न अन्तरदेशीय प्रशारण लाइनका लागि भारतसँग पनि सहमति लिनुपर्ने भन्ने सम्झौताको प्रावधानले सत्तारुढ दलका सांसदमा विभाजन ल्याएको हो ।

बुटवल–गोरखपुर प्रसारण लाइन बनाउन नेपाल र भारतबीच सहमति हुनुपर्ने सम्झौतामा उल्लेख छ । अमेरिकाको यस्तो सर्तलाई नेकपाका कतिपय सांसदले राष्ट्रिय हितविपरीत भएको बताएपछि उक्त विषय अघि बढ्न नसकेको हो । –नागरिक दैनिकबाट