पथरी: उर्लावारी नगरपालिकाका मेयर खडग फागोले कुटपिट गर्न खोजेको भन्दै ज्यानको सुरक्षाको माग राख्दै जिल्ला गएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले मातहतका कर्मचारीलाई थर्काउने गरेको कर्मचारीले गुनासो गरेका छन् ।

नगरपालिकामा पत्रकार सम्मेलन गर्दै कर्मचारीहरुले अधिकृत रेग्मीमाथि यस्तो आरोप लगाएका हुन् । कर्मचारीहरुले अधिकृत रेग्मीकै कारण तलब भत्ता नपाएको, कार्यलयको काम गर्ने वातावरण कारण नभएको लगायतका आरोप लगाएका हुन् । प्रशासकीय अधिकृत रेग्मीका भान्सेकारुपमा कार्यरत रहेका यज्ञ कोइरालाले अधिकृतले चोरसम्मको आरोप लगाएर मानमर्दन गरेको आरोप लगाए । करारमा कार्यरत कर्मचारीको जागीर खाइदिने र रेग्मीले करार म्याद थप गर्न पैसाको वार्गेनिङ्ग गर्ने गरेको आरोप नगरपालिकाको हलुका सवारी चालकका रुपमा कार्यरत वसन्त पौडेलले आरोप लगाए ।

यस्तै, शिक्षा शाखामा कार्यरत शम्भु प्रसाद भट्टराईकय अनुसार कर्मचारीले सहज साथ नगरपालिकामा काम गर्ने वातावरण नबनेको अवस्थामा मेयर र प्रमुख प्रशासकीय अधिकृत बीचको खटपटले थप समस्या भएको उनको तर्क थियो । नगर भित्रका ८० जना कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतले समेट्न नसकेको उनीहरुको आरोप थियो । अधिकृतले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको समाग्री समेत नगरपालिकाको नाममा विल बनाएको उनीहरुको आरोप थियो ।

उर्लावारी नगरमा कार्यरत कर्मचारीले गत साउनदेखि यता तलव भत्ता पाएका छैनन् । उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मानवीय संवेदनलाई समेत ध्यान दिइ कर्मचारीको तलब भत्ता उपलव्ध गराउन माग गरेका छन् । अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थाले गर्दा कर्मचारीको तलव भत्ता भुक्तानी गरिएको छैन् ।

1 9 2 3