काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (शुक्रबार) बस्दैछ । बैठकमा भर्खरै सम्पन्न पार्टीको दोस्रो जागरण सभाको समापन तथा जागरण भएमा भएका काम तथा कमजोरीका बारेमा समीक्षा हुनेछ ।

त्यस्तै बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीका विषयमा पनि छलफल गर्ने तयारी रहेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
त्यस्तै बैठकमा नेपाल लोकतान्त्रिक फोरमसित समायोजन प्रक्रियाबारेमा पनि छलफल हुने शर्माले बताए । आजको बैठकमा भ्रातृ सङ्गठनको विधान संशोधन र महाधिवेशनको कार्य्विधिका बारेमा पनि कुराकानी हुने गरी कार्यतालिका बनाइएको छ ।