सप्तरी : समाजवादी पार्टी सप्तरीका नेताहरुबीच कुटाकुट भएको छ । पार्टीले बिहीबार राजविराजमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेताहरुबीच कुटाकुट भएको बताइएको छ । दशैंको अवसरमा स्थानीय साह धर्मशालामा आयोजना गरिएको कार्यक्रमपछि मदिरा पिएका नेताहरुबीच झगडा भएको बताइएको छ ।

बोल्ने जति सबैलाई जिल्ला इन्चार्ज सत्यनारायण यादवले चुप लगाउने गरेको र त्यही क्रममा जिल्ला नेता लक्ष्मण यादवसँग भनाभन भएको एक नेताले बताए । त्यही क्रममा कुटाकुट हुँदा जिल्ला इन्चाज यादवको टाउको फुटेको छ । उनलाई राति नै गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराइएको छ । उनको टाउकोमा चार वटा टाँका लगाइएको छ । अनलाइनखबर