पथरी : झुटो आश्वासन बाढ्ने भन्दा आवश्यकताको आधारमा र सरोकारवालाहरुको सकृयतामा काम गर्ने कुरामा आफू बिश्वास गर्ने संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले बताएको छ ।

मोरङको पथरीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले बोल्ने भन्दा पनि काम गर्ने कुरामा आफू विश्वास गर्ने बताएको हो ।
मन्त्री ढकालकै निर्वाचन क्षेत्र अन्तर्गतको पथरी बहुमुखी क्याम्पस संचालक परिषद बैठकमा बोल्दै ढकालले भने, “निर्वाचन भएको डेढ वर्षको अवधीमा २४२ वटा कानुन निर्माण गरेका छौं ।” छोटो समयमा कानुनी रुपमा बर्तमान सरकारले निकै काम गरेको उनले बताए । देशकै सबैभन्दा ठुलो समस्याका रुपमा रहेको यस क्षेत्रमा सुकुम्बासी, दोहोरो स्वामित्व, अव्यवस्थित बसोबास लगायतको समस्या समेत अब हल हुने उनले आस्वासन दिए ।