काठमाडौं : सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् भने सभामुखको निजी सचिवालयले त्यसको खण्डन गरेको छ ।

सचिवालयमा कार्यरत ती महिला कर्मचारीले आइतबार राति आफ्नै निवासमा आएर सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । आफूलाई दुर्व्यवहार गरेको घटनाबारे प्रहरीलाई जानकारी गराएपछि सभामुख महरा निवासबाट बाहिरिएको उनको भनाइ छ ।

त्यसकै आधारमा सोमबार साँझ अनलाइनहरुमा समाचार आएपछि सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले राति विज्ञप्ति जारी गरी खण्डन गरेका हुन् । –कान्तिपुर दैनिकबाट