धरान: मंसिर १४ मा धरानको मेयर पदमा हुने उपनिर्वाचनमा नेकपाभित्र उम्मेद्वारको आकांक्षी बढ्दै गएको छ ।

नेकपाका सुनसरी जिल्ला कमिटि सदस्य तीर्थ मास्केले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी उपनिर्वाचनमा आफु पनि उम्मेदवारको आकांक्षी भएको घोषणा गरे । उनले आफ्नो राजनैतिक इतिहास लामो भएको र उम्मेदवारको लागि योग्य भएकोले औपचारिकरुपमा आकांक्षी भएको घोषणा भएको बताए । ‘मैले पञ्चायतकालमा नै पार्टी सम्पर्कमा आएर अहिलेसम्म हरेक आन्दोलन, अभियानमा योगदान दिदै आएको छुँ, विकासको दृष्टिकोण मेरो केही फरक पनि छ,’उनले भने,‘भोली पार्टीले के निर्णय गर्छ, त्यो स्वीकार हुन्छ, तर म पनि उम्मेदवारको आकांक्षी छुँ, म पनि उठ्ने इच्छा हो ।’

उनले पार्टीमा अनौपचारिकरुपमा कुरा राखेको तर आफ्नो उम्मेदवारीको बिषयमा औपचारिक छलफल भने हुन बाँकी रहेको बताए । आफु पार्टी अनुशासनबाहिर नजाने भन्दै उनले भविष्यमा टिकट नपाए पनि फरक नपर्ने बताए । ‘पार्टीको अनुशासन, गोप्यताबारे म प्रष्ट छुँ । भोली पार्टीको निर्णय सिरोधार्य हुनेछ । म अनुशासित कार्यकर्ता नै हुँ, तर लामो योगदान पुर्याएको हिसाबले मेरो बिषयमा पनि पार्टीले सोच्नपर्छ भन्ने हो,’उनले भने । सधै वाम उम्मेदवारको जित हुदै आएको धरानमा नेकपामा मेयर पदको उम्मेदवार थुप्रै देखिएको छ । नेकपाबाट प्रमुख दाबेदारीमा प्रकाश राई, विजय राई, अइन्द्रबिक्रम बेघा, चोत्लुङ, पदम लिम्बूलगायत छन् ।

tirta