इटहरीः अपागंता जन्मदर न्युनिकरणका लागी प्रदेश सरकारले अपागंता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा ल्याइएको प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले वताएका छन् ।

सुनसरीको इटहरीमा प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले आयोजना गरेको अपागंता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमीरेले यो कुरा बताएका हुन् । अपागंता न्युनिकरण रोकथाम, अपागंता जन्मदर घटाउने जस्ता विषय केन्द्रीत भएर प्रदेश सरकारले पहिलो चरणमा सुनसरी, मोरगं, धनकुटा र पाँचथर जिल्लाका २७ गाउँपालिकाहरुमा कार्यक्रम सञ्चालनमा ल्याउने अन्तिम तयारी भएको मन्त्री घिमीरेले जानकारी दिए ।

छनोटमा परेका स्थानीय तहहरुमा प्रदेश सरकारको तर्फबाट ३३ प्रतिशत, करुणा फाउण्डेसनबाट ३३ प्रतिशत र स्थानीय सरकारबाट ३३ प्रतिशत खर्च बेर्होने गरी अपागंता सम्वन्धी कार्यक्रम सञ्चालन गरिने सो अवसरमा जानकारी गराइएको थियो । कार्यक्रमका विषयमा छनोटमा परेका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरु सहभागी थिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव बीरबहादुर राई, करुणा फाउण्डेसन नेपालका दिपकराज सापकोटा, योगेन्द्र गिरी लगायतका अपागंता रोकथाम, जन्मदर घटाउने, हक अधिकार संरक्षण लगायतका विषयमा सहजीकरण गरेका थिए ।