धरान: राष्ट्रिय जनमुक्ति पार्टीले धरान १४ स्थित धार्मिक मठमन्दिरहरुमा आउने भक्तजनहरुलाई लक्षित गरेर भ्रष्टचार विरुद्धको जनचेतना अभियान शुरु गरेको छ ।

बिशेषतः हिन्दु धर्मवलम्बी नेपालीहरुले मनाउने चाड दशैंमा शक्तिपिठमा पुजा गर्न धेरै भक्तजनहरु आउने भएकोले उनीहरुलाई लक्षित गरी जनमुक्तिले अभियान थालेको हो । यो पार्टीले भ्रष्टाचार विरुद्ध जनचेतनामुलक पर्चा वितरण गर्दै अभियान थालेको छ । पार्टीले आजदेखी धरानको दन्तकाली र बुढासुब्बा मन्दिरमा आउने भक्तजनलाई बिहानैदेखी पर्चा वितरण गरेको पार्टीका धरान अध्यक्ष चित्रराज थापा मगरले बताए । उनका अनुसार आजदेखि तीन दिनसम्म पर्चा वितरण गर्ने र भ्रष्टाचार विरोधी अभियानबारे सुझाब तथा प्रतिक्रिया संकलन गरिनेछ ।

जनुमक्ति पार्टीले भ्रष्टाचार विरुद्धको पहिलो चरणको कार्यक्रम अनुसार गएको जेठ महिनादेखि ७ वटा प्रदेशबाट हस्ताक्षर संकलन गर्दै आएको छ । यो अभियान आगामी मंसिर २३ गतेसम्म हुने पार्टीले जनाएको छ । पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले मंसिर २३ गते विश्व भ्रष्टाचार बिरुद्ध दिवस भएकोले सोही दिन थप दोस्रो चरणको आन्दोलन घोषणा गर्ने बताए । उनले भ्रष्टाचार निर्मुल गरेर ठुला पार्टीका नेताहरुसहितको सम्पत्ति छानबिन गर्न हो भने त्यहीबाट समृद्धि हुने धारणा व्यक्त गरे । सोमालियामा ८८ प्रतिशत भ्रष्टाचार भएकोले देश गरिबिको रेखामुनी भएको भन्दै उनले नेपालमा पनि ६९ प्रतिशत भ्रष्टाचार भएको र ३१ प्रतिशत मात्र विकास निर्माणमा खर्च हुने गरेकोले सोमलिया भैm हुनसक्ने अध्यक्ष पालुंवाले चेतावनी दिए ।

जनमुक्ति पार्टीको यस्ता छन् ३ सुत्रीय माग

janamuktii

१) राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारीलाई देशद्रोही सरहको अपराध घोषणा गरि कठोर दण्ड सजायको कम्तिमा जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्ने व्यावस्था हुनुपर्छ ।
२) भ्रष्टाचार सम्बन्धी मुद्दाको छिटो छरितो ढंगले टुंगो लगाउने संपुर्ण अधिकारसहित स्वायत्त प्रकृतिको बिशेष अदालतको ब्याबस्था गरिनुपर्ने ।
३) पन्चायत शासनकालदेखी हालसम्मको भ्रष्टाचार प्रकरण र उच्च पदस्थ ब्यक्तिहरुको सम्पत्ति बारे स्वतन्त्र ढंगले छानबिनका लागि शक्तिशाली नागरिक छानबिन आयोग गठन गर्नुपर्ने ।