काठमाडौं : यौन दुर्व्यवहार आरोपमा हिरासत रहेका निवर्तमान सभामु्ख कृष्णबहादुर महरामाथि प्रहरी र सरकारी वकिल एकीकृत रुपमा अनुसन्धनमा जुटेका छन् ।

पीडित महिलाको जाहेरीका आधारमा अनुसन्धान गरी तथ्य पत्ता लगाउन अनुसन्धान थालिएको हो । महरा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका हुन् । जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जीको अनुमति दिएपछि उनलाई हिरासतमा लिइएको थियो । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । ‘प्रहरी र सरकारी वकिलको समन्वयात्मक अनुसन्धान सुरु भएको छ । अहिले घटनासम्बद्ध प्रमाण संकलन गरिँदै छ,’ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खनालले भने, ‘अनुसन्धान सुरु भएको छ । कहिले सकिन्छ भनेर अहिल्यै भन्न सकिन्न।’ अन्नपूर्ण पोस्ट दैनिकबाट