धरान : नेवि संघ धरानको चार वटा क्याम्पस एकाई समिति तथा नेवि संघ क्षेत्रीय समितिले मङ्सिर १४ गते हुने उपनिर्वाचनको बारेमा छलफल तथा भेटघाट कार्यक्रम गरेका छन् ।

बुधबार महेन्द्र बहुमुखी क्याम्पस धरानको सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल विद्यार्थी संघले धरानमा मंसिर १४ गतेको उप निर्वाचनमा पार्टीको सरकुलर जारी भएसंगै विद्यार्थीहरु निर्वाचनमा होमिदै गएको जनाएको छ ।

उक्त कार्यक्रममा नेवि संघ नेता तथा नेपाली कांग्रेस महासमिति सदस्य दुजाङ शेर्पाले धरानको सम्पुर्ण एकाई समितिलाई निर्वाचनमा होमिन आग्रह गरे । विद्यार्थीहरु देशको परिवर्तनको मेरुदण्ड भएको नेता शेर्पाले बताए । साथै उनले अहिलेको सरकारले शिक्षाको कुनै कुरामा ध्यान नदिएको बताए । उनले भने, “यो सरकार काण्डैकाण्ड भएको सरकार हो ।” नेबिसंघ जाग्ने बेला तथा संगठित हुने बेला भएको नेता शेर्पाले बताए ।

00 2

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सुनसरी जिल्ला सचिव तथा प्रवक्ता सुजेन्द्र गोले तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघको प्रशंसा गरेका थिए । उनले धरानमा कांग्रेसलाई चुनावमा जिताउन नेविसंघको महत्वपूर्ण भुमिका हुने बताए ।

उक्त छलफल तथा भेटघाट कार्यक्रम दोर्ची शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो । दोर्ची शेर्पाले पार्टीको सरकुलर अनुसार चुनावमा होमिने प्रतिवद्धता जनाए ।

नेपाली कांग्रेस धरान नगर सचिव युवराज शंकर, तरुण दल धरान नगर सभापति हिमाल श्रेष्ठ, नेवि संघ क्षेत्रीय सभापति बलकुमार राईको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सञ्चालन नेवि संघ क्षेत्र नं. १ का सचिव विनोद आले मगरले गरेका थिए ।