झापा: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको स्कूल विभागले जिल्लास्थित नेताहरुको लागि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टीका स्कूल विभाग प्रमुख इश्वर पोखरेलसहितले कात्तिक १४ र १५ गते सञ्चालन हुने भएको हो । प्रशिक्षणमा जिल्लास्थित प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरु र निर्वाचन क्षेत्रहरुबाट प्रतिनिधित्व गर्ने सहजकर्ताहरु सहभागी हुनेछन् । पार्टीका झापा जिल्ला स्कूल विभाग प्रमुख रमेश गुरागाइँका अनुसार पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज देवेन्द्र दाहालको विशेष उपस्थितिमा बसेको बैठकले प्रशिक्षणका लागि व्यवस्थापन र आचारसंहिता सम्बन्धमा छलफल गरी आवश्यक निर्णय लिएको छ ।

प्रशिक्षण कार्यक्रममा विभागका प्रमुख पोखरेल सहित देवेन्द्र पौडेल, वेदुराम भुषाल, ईश्वरी रिजाल, सुरेन्द्रकुमार कार्की, भीम आचार्य, सावित्रीकुमार काफ्ले र देवराज घिमिरेले फरकफरक बिषयमा सहजीकरण गर्ने तय भएको प्रशिक्षण प्रमुख गुरागाइँले जानकारी दिए ।