काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली उपचार पश्चात अस्पतालबाट आज साँझ डिस्चार्ज भएका छन् ।

उनी ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएर प्रधानमन्त्री निवास वालुवाटार फर्किएको प्रधानमन्त्री ओलीको सचिवालयमा रहेकी नेतृ मिना श्रेष्ठले जानकारी दिएकी छिन् । उनको दोस्रो पटक डायलाइसिस गरेर स्वास्थ्य सुधार भएपछि डिस्चार्ज भएको हो । टाउको दुख्ने र ज्वरो आउने समस्या भएपछि प्रधानमन्त्री ओली बुधबार विहान धापासीस्थित ग्राण्डी अस्पताल भर्ना भएका थिए।

pm-oli1

प्रधानमन्त्री ओलीको बुधबार र बिहीबार दुइपटक हेमोडायलासिस गरिएको थियो। १२ वर्षअघि मृगौला प्रत्यारोप गरेका ओलीले नियमित औषधि लिदै आएका छन् । प्रधानमन्त्रीको उपचारको बिषयमा धेरै अफवाहहरु पनि फैलिएपछि अस्पताल र उनका निजी चिकित्सकले प्रेस विज्ञप्ती जारी गर्दै नियमित स्वास्थ्य परिक्षण पश्चात अस्पताल भर्ना भएको र साँझसम्म डिस्चार्ज हुने जनाएको थियो ।

press