धरान(डेस्क): सात वटै प्रदेशका प्रदेश प्रमुखहरु पदमुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

मन्त्रीपरिषदको निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा मन्त्रीपरिषदबाट निर्णयबाट सिफारिश भई आएअनुसार पदमुक्त गरिएको उल्लेख छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको कामचलाउ सरकारको पालामा नियुक्त भएका थिए ।

प्रदेश नं १ मा डा.गोविन्द बहादुर तुम्बाहांग, प्रदेश २ मा रत्नेश्वर लाल कर्ण, प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदुरपश्चिम प्रदेशमा मोहनराज मल्ल प्रदेश प्रमुख थिए ।

pradeshh