धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले धरान उम्मेदवार टुंगो लगाएको हो । धरानबाट उम्मेदवारको लागि ३ जना उम्मेदवारको नाम सिफारिश भएको थियो । धरान कमिटिले जिल्ला कमिति सदस्य प्रकाश राईसँगै चोत्लुङ र वेणु काफ्लेको नाम सिफारिश गरेको थियो । नगरबाट सिफारश भएको ३ जनाको नाममा प्रदेश कमिटि पदाधिकारी बैठकले विजय राईको पनि नाम थपेर केन्द्रमा पठाएको थियो ।