विराटनगर: पदमुक्त भएका प्रदेश नं १ का प्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङको बिदाई गरिएको छ ।

हिजो मन्त्रीपरिषद बैठकको निर्णय अनुसार सिफारिश भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेकी थिइन् । पदमुक्त भएका डा.तुम्बाहाङलाई मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी, उपसभामुख सरस्वती पोरखेललगायतले विदाई गरेका हुन् ।

प्राध्यापन पेशामा रहेका डा.तुम्बाहाङसहित ७ जनालाई अघिल्लो कामचलाउ सरकारले नियुक्ती गरेको थियो ।पदमुक्त भएका डा.तुम्बाहाङले सरकारको निर्णयलाई आफूले स्वभाविक रुपमा लिएको बताए । उनले आफु यति लामो अवधिसम्म प्रदेश प्रमुख भइएला भन्ने नसोचेको पनि बताए । उनले आज ४ बजे काठमाडौं जान लागेको पनि जानकारी दिएका थिए ।

pradesh-pramukh1