काठमाडौं: संसद सचिवालयमा कार्यरत नर्सलाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि करागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाण्डौंका न्यायाधिश सुर्दशनराज पाण्डेको इजलाशले थुनछेक बहस पछि आज थुनामा पठाउन आदेश दिएको हो । पुर्पक्षमा जेल चलान भएका महरा मुद्दाको अन्तिम किनारा नलागेसम्म जेलमा रहनेछन् । उनलाई डिल्लीबजार कारागारमा राखिनेछ ।