धरान: चुनावी प्रचारप्रसार अभियान होमिएको राजनीतिक दलहरुले धरानमा एकले अर्काको कार्यकर्ता भित्र्याउन पनि होडबाजी गरिरहेका छन् ।

आज वडा नं १५ स्थित शिवगंगा वस्तीमा भएको कार्यक्रममा नेकपाका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् । चुनाव प्रचारप्रसार समिति गठन कार्यक्रममा १३ जना कांग्रेस प्रवेश गरेका हुन् । नेकपाका कार्यकर्ता भनिएका उनीहरुलाई कांग्रेसबाट मेयरका उम्मेदवार तिलक राईले फुलमाला र अबिर लगाएर कांग्रेसमा स्वागत गरेका थिए ।

congress1

कांग्रेस प्रवेश गर्नेहरुमा पुर्णबहादुर बिक, नरबहादुर गुरुंग, नगेन्द्र सुब्बा, गौरबहादुर परियार, सरु राई, शिला परियार, शान्तिबहादुर बिक, तनुजा लिम्बू, महाविर लिम्बु, सुमन मगराती, सुजन सुवेदी, केदार वराइली र सिताराम गिरी रहेका छन् । उनीहरु नेकपाका कार्यकर्ता र शुभेच्छुक भएको कांग्रेसको भनाई छ । धरानमा मंसिर १४ गते मेयर पदको उपनिर्वाचन हुदैछ । चुनावमा कांग्रेसबाट मेयरमा तिलक राई उम्मेदवार छन् । कांग्रेसको प्रचारअभियान वडा नं ४ मा भइरहेको छ ।