धरान: आगामी मंसिर १४ गते हुनगैरहेको उप चुनावको लागि समाजवादी पार्टीले घरदैलो कार्यक्रम शुरुवात गरेको छ।

समाजवादीले आज धरानको वडा न. १६ बाट घरदैलो अभियान शुरुवात गरेको हो । आजदेखि शुरुवात गरेको समाजवादीको घरदैलो मंसर ८ गते समापन हुने पार्टीले जनाएको छ । समाजवादीले धरानमा भूपू गोर्खा सैनिक गजेन्द्र इस्बोलाई मेयरको उम्मेदवार बनाएको छ । घरदैलो अभियान समापन भएपछि मंसिर ९ गते भानुचोकमा चुनाबी आमसभा आयोजना हुने घरदैलो कार्यक्रम संयोजक कृष्ण लिम्बुले जानकारी दिए ।

धरानमा चुनावी अभियानलाई सफल बनाउन २२ सदस्यीय सचिवालयसहित १९ उपसमिति गठन गरिएको पार्टीले जनाएको छ । संयोजकमा शुभचन्द्र राई छन् भने सहसंयोजकमा कृष्ण लिम्बु, बिपिन इवाराम र सहसंयोजक तेन्जिङ शेर्पा छन् भने सचिवमा ताजुब लिम्बु छन् ।

samajbadi1