पथरी: भारतले नेपालीभुमीलाई आफ्नो राजनैतिक नक्सामा राखेको विरोधमा मोरङ्गको पथरीशनिश्चरेमा विरोध र्याली गरिएको छ ।

पथरीशनिश्चरे ३ कायुवाहरुले स्वस्फुर्तरुपमा निकालेको र्याली पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाइएको छ । राष्ट्रवादी युवा समुहले निकालेको र्याली पिपल चोकबाट सुरु भई संगम चोक र विरेन्द्रनगर हुदै त्रिवेणी चौकमा कोण सभा गरेर समापन गरिएको हो । कोणसभामा बोल्ने वक्ताहरुले नेपाली भुमी भारतले मिचेर नेपाल माथी अन्याय गरेको बताए । भारतीय विस्तारवादी योजनाअन्तरगत नै पश्चिम नेपालको लिपुलेक, कालापानी मात्र नभएर सुस्ता, झापा र पाचथरसम्मका जंगेपिलर सार्न थालेको उनीहरुको आरोप थियो ।

सो कोणसभामा वेलवारी क्याम्पस प्रमुख खगेन्द्र लुइटेल, आदिवासी जनजाती पत्रकार महासंघका एक नम्वर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राई लगायतले आफ्ना धारणा राखेका थिए भने स्थानीय शिक्षक कृष्ण अधिकारीले कविता प्रस्तुत गरेका थिए । सो विरोध र्याली र कोणसभा राष्ट्रवादी युवा समुहका संयोजक तिर्थ आचार्यको अगुवाइमा भएको थियो ।

map