धरान: नेकपाका उमेदवार प्रकाश राईलाई जिताउन धरानमा रहेको मजदुरहरुले १ सय ३५ सदस्यीय मजदुर परिचालन कमिटीको नामावली सनिबार घोषणा गरेको छ ।

धरानमा रहेको दुईवटै ट्रेड युनियन महासंघहरु जिफन्ट र अन्टुफ आवद्ध मजदुरहरुको एक भेलाले जिफन्ट राष्टिङय कमिटी सदस्य तथा नेकपा सुनसरी सदस्य भीमज्वाला राई संयोजक रहेको मजदुर परिचालन उप समिति घोषणा गरेको हो । उपसमितिको सहयोजकहरुमा मुक्तिनाथ गिरी, शमशेर बर्देवा, ईन्द्र सुवेदी, यामकला मग्राती, लिला प्रधान रहेको छ । सदस्य सचिव लक्ष्मी बांनिया क्षेत्री रहेका छन् ।

यातायात, निर्माण क्षेत्र, उद्योग, सरसफाई, सुरक्षा, स्वरोजगार लगायतका क्षेत्रका मजदुरहरु रहेको उपसमितिको अनुगमन गर्नका लागि मोतीराज सुनुवार, फिपराज वेघा, रंगलाल गिरी, प्रेमगंगा गिरी, शिव तामाङ, सिंहवहादुर पराजुली, भीम गोले र बसन्त पाख्रीन रहेको अनुगमन समिति रहेको छ । विभिन्न क्षेत्रमा काम गर्ने करिव ३० हजार मजदुरहरु बसोबास गर्ने धरानमा मजदुरहरुको साथ, सहयोग र अमुल्य मत नेकपाका उमेद्वार प्रकाश राईलाई हुने उपसमितिका संयोजक भीमज्वाला राईले बताए । यसका लागि विभिन्न ९ वटा उप समितिहरु निर्माण गरेर मजदुरहरुको घरदैलोमा उप समिति परिचालित हुने पनि राईले बताए ।