धरान : धरानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुन गइरहेको छ । धरानमा नेपाली कांग्रेस र नेकपा लगायतका राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् ।

नेपाली काग्रेस धरानको तर्फबाट मेयरको उम्मेद्वारमा नगर सभापति तिलक राईलाई उठाएको छ भने नेकपाबाट प्रकाश राईलाई उठाएको छ । कांग्रेसले शुक्रबार र शनिबार दुईदिन धरानको ८ नं. वडामा चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रम गरेको छ । वडा नं. ८ बाट विभिन्न राजनितिक दलमा आवद्ध ३६ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उक्त घरदैलो कार्यक्रममा पार्टि प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले अबिर लगाएर स्वागत गरेका थिए ।