धरान: नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटीले सदस्यता विस्तार तथा नविकरण अभियान बुधबारबाट सुरू गरेको छ ।

धरानको भानुचोकमा बुथ स्थापना गरी अभियान शुरु गरेको हो । दुई दिनसम्म अभियानमा ५ सय जनाको सदस्यता नविकरण गर्ने लक्ष्य लिइएको संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वालाले जानकारी दिए । संगठनको राष्ट्रिय अभियान अर्न्तगत नविकरण सुरू गरीएको संगठनका धरान अध्यक्ष कमल भट्टराईले बताए । नविकरणसंगै दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतना समेत प्रदान गरिरहेको उनले जनाए । संगठन अध्यक्ष भटराईले मंसिर १४ को उपनिर्वाचनमा सबै यातायात र श्रमजिवी मजदुरहरूलाई एक बनाएर नेकपालाई जिताउन अपिल पनि गरिरहेको बताए ।