धरान: चुनावमा उमेद्वार मतदाताको घरदैलोमा पुगेर आफुलाई मत माग्नु सामान्य प्रक्रिया हो । तर, धरानको मेयरमा कांग्रेसबाट उम्मेदवार उठेका तिलक राई भने मतदातासँग भोट मात्र मागिरहेका छैनन्, मतदाताहरुको गुनासो र समस्या पनि संकलन गरिरहेका छन् ।

उनी मतदाताको घरमा पुगेपछि आफ्नो परिचय मात्र दिदैनन्, 'तपाईको समस्या के छ ?' भनेर प्रश्न पनि राख्छन् । मतदाताको समस्या सुनिसकेपछि उनी परिवर्तनको पक्षमा मत दिएर धरानको विकासमा आफुलाई साथ दिन पनि आग्रह गर्छन् । उम्मेदवारहरुको भीडमा कांग्रेसका उम्मेदवार राई फरक शैलीमा मत मागिरहेका छन् । उनी मतदाताहरुको समस्या टिपोट पनि गरिरहेका छन् । उनी आफुले मेयरमा जितेर अवसर पाए कम्युनिष्टले नगरेको काम गरेर देखाउने भन्दै मतदातासँग आर्शिवाद पनि लिइरहेका छन् ।

samasya-sundai-tilak-rai--(

बिहिबार धरान–१३ को भुपु सैनिक मार्गका मतदाता भारती राईले कर बढे पनि अपेक्षित विकास किन नभएको भनेर प्रश्न गरिन् । राईले आफुले जितेपछि कर घटाउने र भष्टाचार अन्त्य गरेर नगर समृद्ध बनाउने प्रतिवद्धता जनाए । उनले धरानबासीले एक मौका दिए धरानभित्रका विकृतिको अन्त्य गराउने प्रतिबद्धता ब्यक्त गरे । राईले धरानको बिकासमा परिवर्तन आवश्यक रहेको र समृद्धिको सहयात्रा धरानबासीसंग हातेमालो गरेर गर्ने बताए ।