धरान: असन्न मंसिर १४ गतेको उपनिर्वाचनको लागि विभिन्न दलका उम्मेदवारहरु आआफ्नो एजेण्डा र प्रतिवद्धता बोकेर मतदातालाई रिझाउन ब्यस्त छन् ।

घरदैलो अभियानमा हिडिरहेका नेपाली कांग्रेसका उम्मेदवार तिलक राई पनि मतदातामाझ आफ्नो एजेण्डा लिएर घरदैलोमा अभियानमार्फत पुगिरहेका छन् । लालकिल्ला भनिने धरानमा यसपाली जित हासिल गरेर कम्युनिष्टको गढलाई ढाल्ने लक्ष्य लिएका उनले मतदाताहरुसँग धरानलाई भ्रष्टचार मुक्त बनाउने प्रतिवद्धता जनाइरहेका छन् । मतदाताहरुको सुझाव पनि टिपोट गर्दै हिडेका उनले शुक्रबार वडा नं १७ का मतदाताहरुलाई भने,'धरान उपमहानगरपालिकाभित्र भ्रष्टचार र बेथिति असाध्यै बढेको छ । म त्यसलाई अन्त्य गर्छु । जनतालाई करको भार बोकाइएको छ, त्यो पनि घटाउनेछुँ ।'

tilak-rai-Agenda--(3)

शुक्रबार कांग्रेस उम्मेदवार राईलाई धरानको वडा नं धरान १७ मा पनि मतदाताहरुले भव्यरुपमा स्वागत गरेका थिए । वडा नं १७ को रेल्वे चोक, सुनौलो मार्ग, साङपाङ मार्ग, टेम्के मार्ग, हङकङ रोड, क्षितिज टोल, यलम्वर मार्ग, रत्नमार्ग बिष्णुमाया मार्ग, उदय टोललगायत क्षेत्रमा उनलाई स्थानीयबासीले स्वागत गरेका थिए । उम्मेदवार राईसँग प्रत्यक्ष कुराकानीको क्रममा मतदाताहरुले यसपाली परिवर्तनको पक्षमा मत हाल्ने वचन दिएको उम्मेदवार राईले बताए ।

'मैले धरानलाई भ्रष्टचारमुक्त बनाउने, सुशासनको अनुभूति दिलाउने, करको भार घटाउने र जनचाहना अनुसार विकासको काम गर्ने प्रतिवद्धता जनाइरहेको छुँ, र यसपाली परिवर्तनकारी शक्ति कांग्रेसलाई भोट दिन अपिल गरिरहेको छुँ, मतदाताहरुले पनि यसपाली कांग्रेसलाई हेरौं न त भनेर मत परिवर्तनको पक्षमा हाल्ने बताइरहनु भएको छ,'उनले भने ।

tilak-rai-Agenda--(4)