धरान : धरान ११ का सुकुम्बासीहरुले आफुलाई पुर्व एमालेका नेताहरुले झुटा आश्वासन देखाएर झुक्काउने गरेको आरोप लगाएका छन् ।

सर्दुखोला किनारमा रहेको सुनौलो बस्ति, वान डाडा, प्रगतीमार्ग, गौरी टोल लगायतका स्थानियहरुले पुर्व एमालेले आफुलाई भोट बैंकको रुपमा प्रयोग गरेको बताए । शुक्रबार बेलुका नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा बोल्दै सुनौलो बस्तीका सुकुम्बासीका नेता अरुण कट्वालले कम्युनिष्टले आफुलाई गरिब, सुकुम्बासीको पाटी भनेर भोट लिने गरे पनि भोट लिएपनि सुकुम्बासीलाई पुर्ण रुपमा बेवास्ता गर्ने गरेको बताए ।

उनले भने २०४५ सालमा भुकम्प पश्चात धरानमा कोठा भाडामा बस्ने परिवारहरुले बिकल्पका लागि बसोबास गरेको सुनौलो बस्ति खालि गर्न तत्कालीन पुर्व एमालेका मेयरले प्रयास गरे तर नेपाली कांग्रेसका नेतृ सुजाता कोईरालाको योगदानबाट बस्ति बसेको हो ।

बस्ति बसेपछि पनि बस्तिको रक्षा गर्न नगरपालीकाको ढोका ढक्ढक्याउँदा तत्कालीन मेयर मनोज मेन्याङबोले खोला किनारको बस्तिलाई किन बिकास भनेर भन्ने गरेको उनले बताए । त्यस्तै स्थानीयबासी समेत रहेका प्राध्यापक चन्द्र सुब्बाले धरानलाई शासन गर्ने शासकले धरान भनेको भानुचोक वरपर, नगरपालीका आसपासलाई मात्र लिने गरेको आरोप लगाए ।

भानुचौक देखि छाताचौक सम्म गमला रोप्ने बितिकै धरान समृद्ध भयो भन्ने कम्युनिस्ट नेताको सोच रहेको उनले बताए । नगरपालीकाको कार्यालय पुग्दा भष्ट्राचारको गन्धआउने भन्दै यसपाली परिवर्तनको पक्षमा मत लगाउन सुब्बाले आह्वान समेत गरे । सो चुनावी सभामा बोल्दै स्थानियबासी समेत रहेका सुकुम्बासी रोकार समितिका सचिव सुभाब राईले नेकपाले सुकुम्बासीको मत हत्याउन अनेकौ प्रोपोगाण्डा गर्ने गरेको बताए । सुकुम्बासी बस्तीमा लालपुर्जा र बुद्धभत्ताको ललिपप देखाएर मतलिने गरेको बताउदै राईले अब सुकुम्बासीहरुले नेकपाको आश्वासनलाई सर्दु खोलाबाट बगाएर रुखमा मत लगाउने बताए ।
१६ सय ९९ सुकुम्बासी परिवार रहेको सो क्षेत्रमा कम्युनिष्टले जहिले झुक्याउने गरेको बताए । चुनाव नजिकिएपछि काम गरे जसो गर्न यसपाली पनि कम्युनिष्ट सरकारले घर नम्बर बितरण गरिरहेको छ तर यो भोट लिने बाहाना भएकाले यस्ता बाहानाको पछि नलाग्न पनि राईले आग्रह गरे ।

dharan

नेपाली कांग्रेस धरानका नेता अजय राईको संयोजकत्वमा सम्पन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस महासमिति सदस्य लक्ष्मी खतिवडाले कम्युनिस्ट सरकार नाङगिएको बताइन् । राष्ट्रपतिको खोक्रो भाषणले सरकारमा कम्युनिस्ट पुगकोले यथार्थ जनताले बुझ्ने बितिकै कम्युनिस्ट नेपालबाट बिलय हुने उनले बताइन् ।