धरान: किरात चाम्लिङ राई (बाडाछा) सेवा समाज गठन भएको छ ।

धरान–१५ स्थित श्रद्वाञ्जली मार्गमा गरिएको भेलाले चाम्लिङ समुदायको बाडाछा समुहले समाजको गठन गरेको हो । करिब तीन महिना अघि दिपक कुमार चाम्लिङ (बाडाछा)को अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गदै समाज गठन गरेको थियो । शनिबार समाजको पहिलो बैठक बस्दै समाजलाई कसरी क्रियासिल बनाउने भन्ने विषयमा छलफल गरिएको समाजका सचिब राजु चाम्लिङ (बाडाछा)ले बताए । ‘हामीले बाडाछा परिवारका सदस्यहरुलाई संगठित गर्नको लागि समाज गठन गरेका हौं’ उनले भने ‘समाजलाई कसरी अगाडी बढाउने भन्नेमा हामी छलफल चलाइरहेका छौं ।’

kirat

उनका अनुसार बैठकमा सुनसरी, मोरङ, पाचथर, इलामका २६ बाडाछा परिवारका सदस्य सहभागी रहेका थिए । बाडाछा परिवारको उद्गम थलो खोटाङ जिल्लाको दोर्पामा रहेको समाजका अध्यक्ष एबंम खोजकर्ता दिपक कुमार चाम्लिङ (बाडाछा)ले बताए । अहिले पूर्वका विभिन्न जिल्लाहरुमा बसोबास रहेको उनको भनाई थियो । उनका अनुसार छरिएर बसेका बाडाछा समुहको खोजविन गरेर समाजमा संगठित गदै लाने उनले बताए । ‘समाजमा आबद्ध गराउन सदस्यताको लागि १ हजार रुपैयाँ लिइने निर्णय गरिएको छ’ उनले भने ‘संकलन भएको रकम समाजको उत्थानको निम्ति प्रयोग गछौं ।’ प्रत्येक महिनाको नियमित बैठकमा २ सय रुपैयाँ उठाइने जनाइएको छ ।