धरान: मंसिर १४ गतेको उपनिर्वाचनलाई लक्षित समाजवादी पार्टीले पनि धरानमा घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ ।

समाजवादीले शनिबार धरानको वडा न. ६ मा उम्मेदवार गजेन्द्र इस्वोसहित घरदैलो कार्यक्रम गरेको हो । उम्मेदवार इस्बो पानवारी पुग्दा स्थानीय बासिन्दाले फुलमालाले स्वागत गरेका थिए । उम्मेदवार इस्वोले धरानको विकास, समृद्धि र सुशासनको संकल्प, समाजवादी पार्टीको नेतृत्व अबको बिकल्प भन्ने नारासहित चुनावमा होमिएको छ ।

उम्मेदवार इस्वोले धरान शहरलाई अत्यावश्यक ढल, वाटो, पुल, बसपार्क, एयरपोर्ट, खाने पानी, स्वास्थ्य, शिक्षा र विजुली साथै महत्वपुर्ण प्रशासनिक तथा व्यापारिक केन्द्रको वैज्ञानिक तथा व्यवस्थित विकास गर्न आफ्नो उम्मेदवारी रहेको बताउदै आएका छन् । यस्तै, लाहुरेको शहरकोरुपमा परिचित धरानलाई लाहुरेकै नेतृत्वमा आधुनिक शहरकोरुपमा विकास गर्न र धरानको सबैखाले विवादहरुलाई नेतृत्वको कला कौशल प्रदर्शन गरि समाधान गर्न पनि आफ्नो उम्मेदवारी भएको इस्वोको भनाई छ ।

यस्तै, सरकारी कार्यालयहरुमा कमिशन र भ्रष्टचार बढी रहेको जनगुनासोलाई मध्यनजर गरि कमिशन र भ्रष्टचारमुक्त शहर निर्माण गर्न तथा अव्यवस्थित, अबैज्ञानिक कर प्रणलीको आधारमा वृद्धि गरिएको कर घटाई सबैलाई सर्व स्वीकार्य कर प्रणाली विकास गरि कार्यन्वयन गर्न गराउन पनि आफ्नो उम्मेदवारी भएको बताउदै आएका छन् । साथै, सुकुम्बासीहरुलाई घरधुरी वितरण, धनीपुर्जा वितरण, व्यवस्थीत ढल तथा सडक निर्माण, विजुलीको पोल वितरण, खानेपानी र रोजगारीको उचित व्यवस्था गर्न पनि आफ्नो उम्मेदवारी भएको इस्वोको भनाई छ ।