धरान: उप–निर्वाचनको संघारमा एक पार्टी त्यागेर अर्कोमा प्रवेश गर्नेको लहर चलेको छ । सोही क्रममा आइतबार नेपाल कम्युनिष्ट पाटी (नेकपा) मा ३ दर्जन युवाहरु प्रवेश गरेको उक्त पार्टीले जनाएको छ ।

आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा समाजवादी पार्टीको जनसङगठन समाजवादी युवा संघका जिल्ला सदस्य रविन राईको नेतृत्वमा तीन दर्जन युवाहरु नेकपा प्रवेश गरेका छन् । उनीहरुलाई नेकपाका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल(पप्पु), जिल्ला कमिटि सदस्यहरु भिम राई ज्वाला, अशोक राई, नेकपा नगर कमिटि सदस्य राजमणी निरौलालगायतले अबिर लगाएर स्वागत गरेका थिए । कार्यक्रमलाई अध्यक्ष मण्डलसँगै जिल्ला कमिटि सदस्यहरु भिम राई ज्वाला र अशोक राईले सम्बोधन गरेका थिए ।