धरान:मंसिर १४ गतेको उपनिर्वाचनलाई लक्षित गरी आइतबार धरानको वडा नं १७ मा दोस्रो चरणको घरदैलो कार्यक्रम भएको छ ।

उक्त पार्टीका अनुसार आइतबार बिहान ७ बजे रेल्वे चोकबाट घरदैलो अभियान शुरुवात गरेको थियो । घरदैलोमा वडा १७ को निर्वाचन परिचालन समिति इञ्चार्ज एवं संघीय सांसदसमेत रहेका नेकपाका जिल्ला कमिटि सदस्य जयकुमार राई,सह इन्चार्ज मनोज भट्टराईसहितको नेतृत्वमा घरदैलो अभियान भएको थियो । अभियानमा जिल्ला सदस्य फोक्वाहाङ सुब्बा (चोत्लुङ), अशोक राई, पुर्वसभासद कृष्णकुमार राई पनि सहभागी थिए । नेकपाबाट मेयरका उम्मेदवार प्रकाश राईसहित घरदैलो भएको हो । घरदैलोको क्रममा मतदाताहरुले नेकपालाई नै भोट दिने बताइरहेको नेकपाका नेतहरुको भनाई छ ।

नेकपाले वडा १७ मा उम्मेद्वार विना नै कात्तिक २५ गतेदेखि पहिलो चरणको घरदैलो कार्यक्रम सकिसकेको छ । दोस्रो चरणमा आइतबार पुनः उम्मेदवार प्रकाश राईसहित घरदैलो कार्यक्रम गरिएको निर्वाचन परिचालन कमिटिका सहइञ्चार्ज मनोज भटराईले बताए । उनका अनुसार सोमबार पनि वडा १७ मा घरदैलो कार्यक्रम हुनेछ ।

daharan-17-ma

आइतबार रेल्वे चोकबाट शुरु भएको घरदैलोसप्तरंगी मार्ग, सुनौलो मार्ग, बिजय टोल, अजम्बर मार्ग, माथिल्लो सुनौलो चौक, रमाइलो चौक, टेम्के मार्ग, रत्न चौक, बगान टोल, आदर्श मार्ग, बिच घोपा, सिङ्गमी चौक र शान्ति टोलमा विहानको अभियान केन्द्रित भएको १७ नम्बर वडा निर्वाचन परिचालन समितिका संयोजक सुवास वर्देवाले जानकारी दिए । दिउँसो माथिल्लो उदय टोल, नमस्ते चोक, तल्लो उदय, नमुना मार्ग, विद्याटोल, इन्द्रेणीमार्ग, विजुवाटोल, बेलगाछी, चौरीमार्ग, पुलचौक, चतरामार्ग हुँदै रेल्वे चोकमा समापन भएको उनले बताए । यस्तै, सोमबार पनि विहान ७ बजे रेल्वे चोकमा भेला भएर पट्नालीबाट घरदैलो अभियान शुरु गरिने उनले बताए ।