धरान: धरानको मेयरमा जित हासिल गरेपछि प्रत्येक वडा कार्यालयमा जनताको चासो र गुनासो थाह पाउन तथा सम्बोधन गर्न मेयर सुझाव पुस्तिका राख्ने भएको छ ।

कांग्रेसका पुर्वसभापति तथा युवा नेता किसोर राईका अनुसार यसपाली उपनिर्वाचनमा धरानको मेयरमा कांग्रेसका उम्मेदवार तिलक राईले जित हासिल गरेपछि वडा कार्यालयमा मेयर सुझाव पुस्तिका राखिनेछ । कांग्रेसको घरदैलो कार्यक्रमको क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दे नेता राईले चुनाव नजिकिदै गर्दा कम्युनिष्टहरु विभिन्न प्रलोभन दिदै आउने भएकोले मतदाताहरु सजग रहन पनि आग्रह गरेछ ।

आइतवार धरान–१७ को सुनौला मार्गका स्थानीयबासीहरुको निमन्त्रणमा जनगुनासो टिपोट गर्न पुगेका नेता राईले कांग्रेसले नेतृत्व पाएपछि उपमहानगरको बेथिति अन्त्य गर्ने पनि दाबी गरे । नगरपालिकाले बढाएको कर कांग्रेसको आन्दोलनमा नै नियन्त्रणमा आएको उनले दाबी गरे । कांग्रेसले जुझारु र योग्य नेता तिलक राईलाई उम्मेदवार बनाएको र कांग्रेसको पक्षमा जनलहर आएको पनि उनले बताए । स्थानीयबासीले पुर्वसभापति राईसहित कांग्रेस क्षेत्र नं १ का सभापति सुरेशमान श्रेष्ठ, जिल्ला सदस्य अनिल थापा, तरुण दल सुनसरी उपसभापति सन्तोष बिकलगायतलाई फुलमालाले स्वागत सम्मान पनि गरेका थिए ।