धरान: नेपालको इतिहासमा सबैभन्दा लामो सत्ता चलाएको कांग्रेसबाट नेपालका मजदुरहरूको हितमा काम नगरेको र भविष्यमा पनि गर्न नसक्ने मजदुर नेता भीम ज्वाला राईले आरोप लगाएका छन् ।

उनले २०४६ साल पछि कांग्रेसबाट गिरिजाप्रसाद कोइराला ५ पटक, शेरबहादुर देउवा ४ पटक प्रधानमन्त्री हुँदा पनि नेपालका ८० लाख मजदुरहरुको लागि कुनै ठोस काम गर्न नसकेको बताए । भानुचोकमा आयोजित सभामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष राईले भने,“२०४६ सालपछि हालसम्म गिरीजाप्रासद कोइराला ५ पटक, शेरबहादर देउवा ४ पटक प्रधानमन्त्री भइरहँदा देशभरका करीब ८० लाख मजदुरहरूको लागी के काम भएको छ ?’

नेकपा जिल्ला कमिटि सदस्यसमेत रहेका नेता राईले काँग्रेस सरकारले मजदुरहरूको विकासका लागी केही काम नगरेको भन्दै उनले भने, यो अवस्थामा धरानमा नेपाली काँग्रेसले मजदुरहको विकासका लागी काम गर्छ भनेर कसरी पत्याउने ?” काँग्रेसले अबको पालो हाम्रो भनेर भन्दै आएको तर नेकपाले कहिले पनि आलोपालोको कुरा नरेको पनि उनले बताए । आलो पालोमा सत्तामा जाने प्रथा २०६३।६३ सालको जनआन्दोलन पश्चात समाप्त भइसकेको र नेपाली काँग्रेसलाई समेत त्यो धङधङीबाट मुक्त हुन उनले आग्रह गरे ।

प्रतिपक्षीले नेकपाले भष्ट्राचार गरेको झुठो प्रचार गरेर भोट माग्न प्रयोग मात्र गरेकोबारेमा धराने जनता सचेत भइसकेको उनले बताए । धरान उपमहानगरपालिकामा मजदुर डेस्क स्थापना भइसकेको बताउँदै त्यसको व्यवस्थापनका लागी करीब १० लाख बजेट विनियोजन भएको पनि उनले बताए । नेपालको अन्य कुनै पनि पालिकाहरूमा यसरी मजदुरको हेल्प डेस्क स्थापना नभएको समेत उनले जानकारी गराए ।