धरान: चुनाव नजिकिदै गर्दा धरान १७ मा नेकपासहित विभिन्न पार्टीबाट ३५ जना कांग्रेस प्रवेश गरेका छन् ।

कांग्रेस उम्मेदवार तिलक राईको घरदैलो अभियानको क्रममा सोमबार शान्ति चोक टोल बिकासका अध्यक्ष तथा माओबादीका पुर्वलडाकु सुर्यबहादुर तामाङ्गको नेतृत्वमा राजेश मोक्तान, मेनुका राई, संगिता तामाङ्ग, मिनकुमार श्रेष्ठ, काजी राई, टंक प्रधान, लक्ष्मिकुमार मोक्तान, धनबहादुर मगर, क्षत्र गुरुङ, राजेश मगर, जिवन बिक, कुमार कालिकोटे, जीवन रसाइलीलगायत ३५ जना पार्टी प्रवेश गरेको कांग्रेस धरानका सचिव श्याम पोख्रेलले बताए ।

नवप्रबेशीहरुलाई मेयरका उम्मेदवार तिलक राईले फुलमाला तथा अबिर लगायर प्रवेश गराएका थिए । पार्टी प्रवेश पश्चात बोल्दै सुर्यबहादुर तामाङ्गले धरानको बिकासका लागि कांग्रेसको खाँचो रहेकोले प्रवेश गरेको बताए । उनले माओबादीले पुर्व लडाकुको योगदानलाई पुर्णरुपमा बेवास्ता गरेको र सुकुम्बासीलाई भोट बैंककोरुपमा लिएर कम्युनिष्टले धोका दिएको बताए ।

IMG_1396