धरान : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले बर्तमान केपी ओलीको कम्युनिष्ट सरकारलाई इतिहासकै लुते सरकारको उपमा दिएका छन् ।

खोक्रो राष्ट्रबादबाटजन्मिएको सरकारकाभएकाले कम्युनिष्ट सरकार अवैज्ञानीक रहेको समेत उनले आरोप लगाए । धरानको भानुचोकमा रहेको प्रजातान्त्रिक चौतारीमा आयोजित नेपाली कांग्रेसको चुनाबी कोणसभामा बोल्दै नेपाल बिद्यार्थी संघका पुर्व केन्द्रीय सभापति घिमिरेले नेपाली भुमि रक्षा गर्न नसक्ने सरकार लुते, काम नलाग्ने र लाछी रहेको बताए । नेपाली जमिन भारतले आफ्नो नक्सामा कैद गर्दा पनि चुइक्क नबोल्ने, एउटा बिज्ञप्ती र एक फोन समेत गर्न नसक्ने सरकारकय प्रधानमन्त्री ओली शारीरीक र मानसिक रुपमा रोगी भएकोले देश र जनताको लागि केही गर्न नसक्ने बताए ।

उनले भने, 'हाम्रो महामानव बिपि कोइराला, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, शुशिल कोइराला जस्ता नेताले नेपाल र नेपालीको शिर उच्चो बनाउन अहम् भुमिका खेलेको इतिहास छ, तर कम्युनिस्ट नेताहरुले बालुवाटार बेच्ने, यौन हिंसा गर्ने , देशको सिमा मिचिदा केही गर्न नसक्ने भएको छ ।' घिमिरेले धराने जनतालाई अहिले लोकतन्त्र, गणतन्त्र र प्रजातन्त्र महशुस गर्न नसकेकोले अब यो उपनिर्वाचनबाट कांग्रेसलाई बिजय गराएर धरानबाट कम्युनिष्ट नेताको नामबाट राजनीति गर्न दलालहरु कुलेलाम ठोक्ने बताए । कम्युनिष्ट नेताहरु आफुहरुलाई गरिब, मजदुर र सुकुम्बासीको नेता भन्ने गरेको तर नेपालको धनि मानिसको सुचिमा उनीहरु नै रहेको बताएका थिए ।

धराने जनताले अब धरानलाई न्याय दिनका लागि कांग्रेसकय उम्मेदवारलाई भोट दिई जिताउन आवश्यक रहेको बताए । उनले भने,‘धरानमा कम्युनिष्टको नीतिले जनता ठगिएको छ, अब कम्युनिष्ट नाङ्गो भइसकेको छ ।’ कम्युनिस्ट सरकारले जितेर कर, महंगी, भष्ट्राचार उपहार दिएको भन्दै घिमिरेले जनतालाई कांग्रेसले मालिक बनाउने बताए ।  धरानका नेता बिकास आचार्यको संयोजकत्वमा भएको कोणसभामा नेपाली कांग्रेस महासमिति सदस्य लक्ष्मी खतिवडा र धरान २ का सभापति सुधिरसिंह लिम्बूले पनि बोलेका थिए ।