धरान : उपनिर्वाचन नजिकिएसँगै धरानमा नेपाली कांग्रेसलगायतका विभिन्न राजनितिक दलहरुले घरदैलो कार्यक्रम तथा चुनाव प्रचारप्रसार अभियानलाई तिब्रता दिएका छन् ।

विहीबार नेपाली कांग्रेसका मेयरका प्रत्यासी तिलक राईले धरान १९ को बाजेबजु चौकबाट दिप प्रज्वलन बत्ती बालेर घरदैलो कार्यक्रमको शुभारम्भ गरेका थिए । घरदैलो कार्यक्रममा अत्याधिक उत्साहजनक सहभागिता रहेको थियो । बाजेबजु चौकबाट सुरुभएको घरदैलो कार्यक्रम सुनगाभा मार्ग, खिमतिङ मार्ग, बालक चौक, जिमि चौक, हरियाली सामुदायिक वन मार्ग, यलम्बर सामुदायिक वन मार्ग लगायतका टोलबासीहरुले कांग्रेससँग आशावादी हुँदै मेयरका प्रत्यासी राईलाई फुलमाला लगाएर विजयको शुभकामना दिएका छन् ।

Congress-party-

उक्त घरदैलो कार्यक्रममा संघिय सांसद मीना सुब्बा, लेटाङ नगरपालिकाका मेयर शंकर राई, नेविसंघका केन्द्रिय उपाध्यक्ष नविन राईलगायत प्रभावशाली नेताहरुको उपस्थिति रहेको थियो ।