काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् ।

महराका कानुन व्यसायी मुरारी सापकोटाले सो कुराको जानकारी दिएका हुन् ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

एक तह मुनीको अदालतले गरेको आदेश विरुद्ध पुनरावअलोकनका लागि एक तह माथिको अदालतमा आवेदन गर्न पाउनु कानुनी व्यबस्था छ । उनलाई डिल्लीबजार कारागारमा राखिएको छ । गोरखापत्र दैनिकबाट