धरान : उपनिर्वाचनको मिति नजिकिदै गर्दा नेपाली कांग्रेसले आज शुक्रबार धरानको वडा नं. १४ मा घरदैलो कार्यक्रम गर्दै भोट मागेका छन् ।

घरदैलो विजयपुर चौकबाट सुरु भएको थियो भने घरदैलो कार्यक्रममा अत्याधिक उत्साहजनक जनसहभागिता रहेको थियो । कांग्रेसका मेयरका प्रत्यासी तिलक राईलाई विजयपुरबासीले फुलमाला, खदा, टिका लगाउँदै भव्यरुपमा स्वागत गरेका थिए । साथै राईलाई विजयीको शुभकामना दिएका छन् । वडा नं. १४ को विजयपुर चौक, पञ्चकन्या, झोलुंगे पुलमार्ग, नयाँ सडक, पिण्डेश्वर क्षेत्रमा घरदैलो कार्यक्रम गरे थिए ।

congrss 1

उम्मेद्वार तिलक राईले विजयपुरका शक्तिपीठ मन्दिरहरुको दर्शन पनि गरेका छन् । धरान १४ विजयपुरमा रहेका पवित्र धार्मिक स्थल पञ्चकन्या मन्दिर, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिरमा पुगेर दर्शन गरेका हुन् । राईलाई मन्दिरका पुजारीले टिका लगाइदिदै जितको शुभकामना तथा आशिर्वाद दिएका छन् ।

Tilak-Rai 6

विजयपुरका वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले अहिलेसम्म धार्मिक पयर्टन लगायत विभिन्न विकासका कामहरु सोचेभन्दा राम्रो गरेको विजयपुरबासीले बताएका छन् । मेयरका प्रत्यासी उम्मेद्वार तिलक राईले विजयी भएर धरानका  धार्मीक तथा पर्यटनका क्षेत्रहरुलाई संरक्षण तथा प्रवद्र्धन गराउनुमा निक्कै ठूलो भूमिका खेल्ने पनि विजयपुरबासीले अपेक्षा गरेका छन् । उम्मेद्वार राईले आफु मेयर पदमा विजयी भएर धरानमा भएका धार्मीक तथा पर्यटन क्षेत्र पञ्चकन्या मन्दिर, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिर, विष्णुपादुका मन्दिरलाई पहिलो प्राथमिक्ता राख्ने बताए ।

घरदैलो कार्यक्रममा मेयरका प्रत्यासी तिलक राईलाई जिताउन पूर्वगृहमन्त्री तथा वर्तमान संविधानका मस्यौदाकार कृष्ण, महिला नेतृ डिला सग्रौला, विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, सोही वडाका वडाध्यक्ष कृष्ण भट्टाराई, धरान १८ का वडाध्क्ष प्रविन राई (नरेन्द्र), धरान नगर सचिव श्याम पोखरेल, क्षेत्र नं. १ क्षेत्रीय सचिव मुरारी भट्टराई लगायत प्रभावशाली नेताहरुको सहभागिता रहेका थिए ।