धरान : नेकपाका तर्फबाट मेयरका उम्मेद्वार प्रकाश राईको घरदैलो अभियान अन्तर्गत वडा नं. ७, ९ र १२ नं वडामा घरदैलो सम्पन्न भएको छ । अन्य दिन भन्दा उत्साहपूर्ण रुपमा मेयरका उम्मेद्वार प्रकाश राईसहितको टोली जनताको घरघरमा पुगेर भोट मागेको प्रचार समितिका एक सदस्यले बताए ।

उम्मेद्वारसँगै स्थानीयहरु तथा ब्यापारीहरु पनि भोट माग्दैं हिडेको नेकपा निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक भीम ज्वाला राईले जानकारी दिए । ७ नं. वडामा भएको कोणसभामा सुनसरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अशोक ताम्राकारले व्यावसायीहरुको हकहितका लागि नेकपाको योगदान रहेकाले उसले व्यावसायीहरुको लागि थालेका योजनाहरु पुरा गर्न पुन नेकपाको नेतृत्व आवश्यक भएकाले नेकपाको उम्मेद्वार प्रकाश राईलाई जिताउनुको विकल्प नभएको बताए ।

कोणसभामा नेकपाका जिल्ला सदस्य एंव प्रचार संयोजक भीमज्वाला राईले धरानमा भएको खानेपानी अभावलाई परिपूर्ति गर्न सञ्चालनमा आएको खानेपानी योजनालाई चुनावी मुद्धा बनाएर योजनामा अवरोध गरेको बताए । एक महिना भित्र धराने जनताको घरघर मा पानी पुर्याउने गरि आयोजनाले काम गरिरहको बताए ।
धरानको कर वृद्धिबारे काग्रेसले गलत प्रचार गरेकोबताउदैं राईले कर वृद्धि भएको भए अवको नेकपाको नेतृत्वले समायोजन गर्ने बताए । “कर वृद्धिका लागि पहिलो हस्ताक्षर गर्ने पार्टी कांग्रेस भएको आम नागरिकले बुझेका छन् । अवको नेकपा नेतृत्वले व्यवसायीहरुले तिर्न सक्ने गरि समायोजन गर्छ ।”, राईले भने ।
७ नं. को घरदैलो पछि नेकपाका केन्द्रीय नेतृत्वहरुको उपस्थितिमा धरानको बजार क्षेत्रमा घरदैलो गरेका थिए ।