धरान : नेपाली कांग्रेस धरानले मंसिर १० गते मङलवार आयोजना गर्ने बृहत चुनाबी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति एव पुुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य एवं प्रखरवक्ताको रुपमा चिनिएका लोकपिय्र युवा नेता गगन थापा धरान आउने भएका छन ।

मंसिर १४ गते हुने उप निर्वाचनकालाई प्रभावकारी बनाउन धरानको भानुचौकमा केन्द्रीय स्तरका दर्जन बढी नेताहरुले सभामा सम्बोधन गर्ने नेपाली कांग्रेसका निर्वाचन परीचालन मुल समितिका संयोजक एवं क्षेत्रिय सभापती शुरेशमान श्रेष्ठले बताए ।

एक साता अगाडि युवा नेता गगन थापाले भिडियो सन्देश मार्फत धरानको बिकासमा कांग्रेसका तिलक राईलाई भोट लगाएर बिजयी बनाउन आग्रह समेत गरेका थिए । थापाले जनताले ल्याएको लोकतान्त्रिक ब्यस्यथामा नेकपा सरकारले दाबा बोली रहेकाले जनमतले खवरदारी र जनकार्वाही गर्न आब्हान समेत गरेका थिए ।
श्रेष्ठका अनुसार कार्यक्रम भब्य र सभ्य बनाउन विभिन्न समिति निमार्ण गरी परीचालन गरीएको र लगभग तयारी पुरा भएको जानकारी दीए ।