धरान : नेपाली कांग्रेसले आज (सोमबार) धरानको वडा नं. ७ र ९ मा बाजागाजाका साथ घरदैलो कार्यक्रम गरेको छ ।

मेयरका प्रत्यासी तिलक राईले वडा नं. ९ को गौतम पथमा ७१ वर्षीया वृद्धा सरितादेवि विश्वकर्मा र सोही वडाका पूर्ववडाध्यक्ष एवं समाजसेवी हिरा उदासको हातबाट ग्रहण गरी घरदैलो शुभारम्भ गरेका थिए । गौतमपथबाट सुरु भएको घरदैलो कलेज रोड, सब्जी मण्डि, पुतली लाईन, आचार्य लाईन, बगैचा चौकलगायत ९ नं. वडाका स्थानमा घरदैलो गरिएको थियो । घरदैलोको क्रममा ९ नं. वडाका भाडाँ बनाउने शिल्पकारहरुले मेयरका प्रत्यासी राईसमक्ष गुनासो पोखेका छन् । उनीहरुले अत्याधिक मात्रामा कर लगाएका कारण हाम्रो व्यवसायमा असर परेको बताएका छन् । मेयरका प्रत्यासी राईले आफू विजय भएर गएमा आफूले करको समस्या समाधान गर्ने शिल्पकारहरुलाई आश्वसन दिएका छन् ।

वडा नं. ९ कै खहरे पुल नजिकका सुकुम्बासीहरुले आफुहरुलाई नगरपालिकाले विस्थापित गराउन खोजेको बताएका छन् । मेयरका प्रत्यासी राईले सकेसम्म आफुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

nc-d

यसैगरी सोमबार नै वडा नं. ७ मा घरदैलो कार्यक्रम गरिएको थियो । मेयरका प्रत्यासी तिलक राईका साथमा वडा नं. ७ का वडाध्क्षका प्रत्यासी शुवर्ण मोहन पलिखेले घरदैलो कार्यक्रममा सहभागिता जनाएका थिए । ७ नं. वडाका सिद्धार्थ मार्ग, पानवारी स्टेन, शुक्रपथ, भोटेपूल, शान्तिपथ लगायत स्थानमा घरदैलो कार्यक्र गरिएको थियो ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य लक्ष्मी परियार, नेविसंघका केन्द्रिय अध्यक्ष नैनसिंह महर, तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ, नेपाल प्रेस युनियन प्रदेश १ अध्यक्ष लिलाबल्लभ घिमिरे, धरान वडा नं. १८ का वडाध्यक्ष प्रविन राई (नरेन्द्र), कांग्रेस धरान सचिव श्याम पोखरेल, प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइटेल, नेविसंघका पूर्व अध्यक्ष दुरेन राई लगायत सक्रिय नेताहरुको उपस्थिति रहेको थियो ।

Nc-1