धरान: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य मीन विश्वकर्माले प्रधानमन्त्री केपी ओलीले एनसेल कम्पनीबाट १० अर्ब कमिसन लिएर ६२ अर्ब कर छुट दिएको गम्भीर आरोप लगाएका छन् ।

उनले धरान १५ स्थित बगरकोटको त्रिवेणी चोकमा आयोजित कांग्रेसको चुनावी कोणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीमाथि यस्तो गम्भीर आरोप लगाएका हुन् । उनले भने,'धरानका बगरकोट, सुमनटार, दानाबारी, पानवारी, बिष्णुपादुका लगायत देशभरकय मजदुर, किसानसँग कर लिन्छ तर कन्टेनरमा नअट्ने ६२ अर्व रकम राजस्व एनसेललाई छुट दिन्छ ।' 

पुर्वमन्त्री समेत रहेका बिश्वकर्माले वर्तमान सरकारले ६ अर्व वाइडबडीमा र १२ अर्ब फोरजी नेटमा पनि भष्टा«चार गरेर आरोप लगाए । कांग्रेसको सरकारले आफ्नो संयोजकमा ल्याएको जनता आबास कार्यक्रम कम्युनिष्टले स्थगित गरेको पनि बताए । उनले आफ्नो नेतृत्वमा धरानमा ५ सय गरिब जनतालाई घर बनाएर वितरण गरेको तर हाल कम्युनिष्ट सरकारको कारण केही घर बन्न नसकेको बताए । कम्युनिष्टले करको भार मात्र बोकाएको भन्दै नेता विश्वकर्माले धराने जनताको मन वदलिनुपर्ने बताए । उनले कम्युनिष्टहरुले धरानबासीलाई २८ बर्षदेखि आश्वासनमात्र दिइरहेको बताए ।

कांग्रेस महा–समिति सदस्य उमेश थापाले तिलक राई धरानबासीको चाहाना रहेको बताए । उनले कम्युनिष्टलाइ पटक पटक हेरिसकेको भन्दै अब परिवर्तन पक्षको संवाहक कांग्रेसलाई बिजयी गराउन आह्वान गरेका थिए । सुकुम्बासी नेता सुबास राईले २८ बर्ष शासन गरेको कम्युनिष्टले धरानलाई लथालिङ्ग बनाएको बताए । उनले सुकुम्बासीलाई धनिपुर्जा दिन्छु भनेर कम्युनिष्टले झुक्याइरहेको बताए ।