धरान : चुनावको मुखैमा नेकपा लगायत विभिन्न राजनितिक दलहरुका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मङ्गलबार धरानमा नेपाली कांग्रेसको वृहत आमसभामा नेकपा लगायतका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा नेपाल कम्युनिष्ठ राष्ट्रिय जनमुक्ति मोर्चाका नेता राजेन्द्र राई, धरान १६ का मनिष परियार, सन्तोष लिम्बु, मणि तामाङ, राजु राई, हेमराज राई, प्रकाश राई, विकाश राई, सन्तोष मगर, विषु राई, सर्मिला मोहरा, सपना महरा, मनिष अर्याल, धुर्वराज राई, समिर तामाङ, आशिष दर्नाल, प्रेम भण्डारी, होम बहादुर राई, कपिल परियार, विकास शर्मा, कूसल बुढाथोकी, सन्देश राई, अनिकेत राई, रोशन तामाङ, सुदिन राई कुशल बुढाथोकी, सुरेश तामाङ, रुविन श्रेष्ठ, श्याम महत, यसोदा महत, सुबास श्रेष्ठ, शिव लिम्बु थेवे, हेलेन राई, दिवस राई, पुना श्रेष्ठ, सृजना खेवा, प्रमिला श्रेष्ठ, गोविन्द महतो, सुमित सिंह, सन्तोष शाह, मुकेश राम, सागर शाह, दिवश पाँचकोटी, गौतम तामाङ, दिल कुमारी आचार्य लगायतले पार्टि परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् ।

यसैगरी नेकपा यूवा संघका ३१ जनाले कांग्रेसमा प्रवेश गरेका छन् । बादल लिम्बु, लिलकुमार राई, अनिल गुरुङ, सुबास राई, मनमोहन राई, मनोज राई, किरण राई, प्रेम राई, विशाल राई, अबिरल राई, शंखर मगर, पवन राई, मानिस कटुवाल, बिसन राई, किवाहंग राई, रञ्जन राई दिपेश राई, प्रशान्त लिम्बु लगायत नेकपा यूवा संघका ३१ जनाले पार्टि प्रवेश गरेका हुन् ।

dr

पार्टि प्रवेश गर्नेमा नेकपा वाईसिएलका शिवशंकर राई, गंगा बहादुर श्रेष्ठ, चन्द्रबहादुर अधिकारी, सुदिप राई, दिपा श्रेष्ठ उमेश कालिकोटे रहेका छन् । त्यसैगरी २० नं. वडाका नेकपा पूर्व विष्णुपादुका गाविब इञ्चार्ज रुद्र बहादुर राईसहित आठ जनाले पार्टी प्रवेश गरेका छन् । यसैगरी नेकपाका धरान १७ का मेनुका राई, सुर्यबहादुर मोक्तान, सरु लिम्बु, गिता दाहालले पनि पार्टी प्रवेश गरेका छन् । यसैगरी नेकपाका श्याम रोक्का, अनिल राई, राजेश घिसिङ, प्रविन घिमिरे, गोविन्द महतो, मुकेश राम, सुमित सिंह, ललिता आङबुहाङ, डा. स्मृति श्रेष्ठ लगायतले कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुलाई पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउबा लगायतका नेताहरुले फुलमाला, टिका लगाएर स्वागत गरेका छन् ।