धरान: मौन अवधि शुरु हुन केही घण्टा अघि आज बुधबार पनि नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले घरदैलो अभियानमा सहभागी भएका छन् ।

उम्मेदवार राईले सिंहदेवी चोक, देशीलाइन, गीता मन्दिर लाइन, निकेतन गल्ली, माछा भौडी, सदन स्कुल लाइन, सब्जी बजार, चिनियाँ चोकमा मतदाताहरुलाई भेटेका थिए । उनलाई देशीलाइनकी ९० बर्षीय वृद्धा नन्ददेबी अर्यालले आर्शिवाद पनि दिएकी थिइन् ।

एक महिनादेखि नियमित घरदैलो कार्यक्रममार्फत मतदाता समक्ष भोट माग्न पुगिरहेका राई बधुबार धरानको वडा नं २ र ३ मा पुगेका थिए । त्यहाँ उनले भोट माग्दै आर्शिवाद पनि लिएको वडा नं २ कय बुथ सभापति सुधिर सिंह लिम्बूले बताए । उम्मेदवार राई कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला, सांसद चन्द्रप्रसाद श्रेष्ठ, नेता सन्तोष उपे्रतीलगायतको साथमा उम्मेदवार राई घरदैलो अभियान पुगेका थिए ।

पटनालीमा पनि पुगे उम्मेदवार राई

tilak-rai 10

आजै बिहान कांग्रेस उम्मेदवार राई धरानको वडा नं १७ स्थित पटनाली पनि पुगेका थिए । त्यहाँ उने स्थानीयबासीको समस्याहरुलाई गम्भीररुपमा टिपोट समेत गरे । मतदातासँग भोट माग्दै उम्मेदवार राईले धरानको साख गिर्दै गइरहेको र यसको प्रमुख कारक धरानको नेतृत्व गर्ने कम्युनिष्ट भएको पनि स्थानीयबासीलाई प्रष्ट्याएका थिए । उनले विकल्पमा कांग्रेसलाई मत दिएर धरानको विकास र साख पुनःफर्काउन आग्रह पनि गरे ।

उम्मेदवार राईले मेयरमा जितेपछि कर घटाउने, नगरपालिकाभित्रको भष्ट्राचारको पर्दाफास गर्ने, धरानलाई शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटनको केन्द्र बनाउदै रोजगारको सृर्जना गर्ने, सुशासन कायम गर्ने, सडक, भौतिक पुर्वाधार, खानेपानीलगायत आवश्यकता पुरा गर्ने पनि आफ्नो एजेण्डा बताउदै आएका छन् ।