दिक्तेल : खोटाङको साकेला गाउँपालिका वडा नम्बर ३ खिदिमामा भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार शिवकला राई विजयी भएकी छन् ।  उनले ३९१ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङले ३७४ मत प्राप्त गरेका छन् । समाजवादी पार्टीले १५ ल्याउँदा राप्रपाले १ मत प्राप्त गरेको छ ।

कूल १ हजार १ सय ३ मतदातामध्ये ७ सय ९८ अर्थात ६१ दशमलव २४ प्रतिशत मत खसेकोमा १७ मत भने बदर भएको थियो । उपनिर्वाचनमा ४ सय १ पुरुष र ३ सय ९७ महिलाले मताधिकार प्रयोग गरेका थिए । वडाध्यक्षमा विजयी शिवकला मृतक वडाध्यक्ष मणिकुमारकी श्रीमति हुन् ।