धरान: धरानको मेयर पदको निर्वाचनको मतपरिणाम अब वडा नं ७ को मात्र आउन बाँकी छ ।

अहिले वडा नं ७ को अध्यक्ष पदसहितको मतगणना भइरहेको छ । त्यहाँ वडाअध्यक्ष पनि कांग्रेसले जित्ने सम्भावना देखिएको छ । बाँकी सबै १९ वडाको मतगणना सकिदा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले २६०२ मतअन्तरले विजय नजिक छन् । अहिलेसम्म खसेको मत ५३ हजार ५ सय १७ गणना भइसक्दा कांग्रेसले २५ हजार ९ सय ९५ मत पाएको छ भने नेकपाले २३ हजार ३ सय ९३ मत पाएको छ ।

तेस्रो स्थानमा संघीय लिम्बुवान मञ्चले ११२६ मत पाएको छ भने चौथो स्थानमा समाजवादी पार्टीको ७ सय ३५ मत छ । यस्तै, स्वतन्त्र उम्मेदवार हर्क सम्पाङको मत ४ सय छ भने अर्का स्वतन्त्र उम्मेदवार डा.अमृतकुमार राईकये मत २ सय रहेको छ ।