काठमाडौं : नेकपा अध्यक्ष पुष्कमल दाहालले पार्टी कामको ६ महिने रुपरेखा तयार पारेको समाचार छ । यससम्बन्धी प्रस्ताव सोमबार बस्ने सचिवालय बैठकमा पेस गर्ने उनको तयारी छ । उनले यसका लागि पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य शीर्ष नेतासँग छलफल चलाएका थिए । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार दिउँसो बस्ने बैठककमा प्रधानमन्त्री ओली भने सहभागी नहुने महासचिव विष्णु पौडेलले बताए । ४ मंसिरको सचिवालय बैठकले कार्यकारी अध्यक्ष तोकेपछि दाहालले शीर्ष नेतारुसँगकै परामर्शमा ६ महिनाका लागि पार्टी कामको रुपरेखा तयार पारेको स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा बताए ।

पत्रिकामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापना भएको आइतबार ३५ वर्ष पुगेको छ । भारत-पक टकरावको बन्दी बनेको छ सार्क । यसलाई गति दिन सबै सदस्य राष्ट्र तयार देखिएक छन् । त्यही अनुरुप उनीहरुले ३५ औँ स्थापना दिवसको अवसरमा प्रतिबद्धता व्यक्त गरे । तर, पाकिस्तानमा हुनुपर्ने १९ औँ शिखर सम्मेलनको मिति तय हुन सकेको छैन । काठमाडौँ घोषणापत्र जारी भएको पनि पाँच वर्ष बितिसकेको छ । २०१६ नोभेम्बरमा पाकिस्तानले शिखर सम्मेलनको तयारी गरेको थियो । भारत–पाकिस्तान ‘टसल’ कै कारण त्यो सम्मेलन स्थगन भयो । -अन्नपूर्ण पोष्ट दैनिकबाट