धरान: धरानका युवा एवं सामाजिक अभियन्ता दिपेन्द्र निरौला भारतको चेन्नईमा सम्पन्न एडभान्स लिडरसिप तालिममा स्टार पर्फमरकोरुपमा सम्मानित भएका छन् ।

लायन्स क्लब इन्टरनेशनलले डिसेम्बर ९ देखि १२ सम्म आयोजना गरेको तालिममा दक्षिण एसियली क्षेत्रका सय जना सहभागी थिए । ती सहभागीहरुमध्ये निरौला स्टार पर्फमरकोरुपमा सम्मानित भएका हुन् । उनले यसअघि पनि नेपाल जेसिजको राष्ट्रिय एकेडेमीबाट ग्राजुएशन गरेका थिए भने सिंगापुरमा पनि अन्र्तराष्ट्रिय जेसिजको एसियन एकेडेमीबाट पनि ट्रेनरकोरुपमा ग्राजुएशन गरिसकेका छन् । विभिन्न संघसंस्थामा आवद्ध रहेर सामाजिक क्षेत्रमा सक्रिय निरौला चर्चित उद्घोषक र तालिम प्रशिक्षक पनि हुन् ।